free website hit counter

विश्व फुटबलले गुमायो महान हस्ती

beemaadmin
२०७९ पुष १५, शुक्रबार

काठमाडौं । विश्वका अहिलेसम्मके सबैभन्दा महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ। उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्। १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरू भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए।
तीनमध्ये तीनवटा ब्राजिल आफैंले जितेको थियो। जम्मा उनले एक हजारभन्दा बढी गोल गरेका छन् जसमा धेरैजसो घरेलु क्लब सान्तोसका लागि छन्। आफ्नो खेल जीवनको बेला होस् या सन्यास लिएपछि पेलेले ब्राजिलमा रङ्गभेदविरूद्ध भएको औपचारिक प्रयासहरूमा सक्रिय रूपमा संलग्नता जनाएनन्। सन् २०१४ मा ब्राजिलिएन च्याम्पियनसिप खेलमा भएको जातीय दुव्र्यवहारको घटनालाई सामान्य बनाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो। पेलेको निजी जीवन विवादास्पद थियो। उनका छोरा एडसन लागु औषध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। त्यस्तै सन् १९६० को दशकमा प्रेम सम्बन्धपछि जन्म भएकी सान्ड्रालाई स्वीकार गर्नबाट उनी पन्छिएका थिए।
नेटफ्लिक्सको वृत्तचित्रमा पलेलेले ‘निकै धेरैसँग सम्बन्ध रहेका कारण कति छोराछोरी छन् आफूलाई थाहा नभएको’ स्वीकार गरेका थिए। अमेरिकाकाको पहिलो व्यावसायिक फुटबल लिगपश्चात सन् १९७७ मा उनले खेल जीवनबाट सन्यास लिए। उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन्। फुटबलमा उनको संलग्नता टेलिभिजन विश्लेषणमा सीमित रह्यो। लस एन्जलसको रोज बोल रङ्गशालामा ब्राजिलले सन् १९९४ को विश्वपक जित्दा उनले ‘प्रेस बक्स’ मा हेडफोन नलोरेरै तलमाथि गर्दै उनी उफ्रिएका थिए।
उनी एस्केप टु भिक्ट्री नामक चलचित्रका साथै केही टेलिभिजन श्रृंखलामा पनि देखिएका थिए। सन् १९९५ देखि १९९८ सम्म उनले ब्राजिलको खेलकुदमन्त्रीको भूमिकासमेत निर्वाह गरे।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार