free website hit counter

वैदेशिक रोजगारीमा जानेलाई प्रभुको साथ

beemaadmin
२०७६ माघ १८, शनिबार

काठमाडौं । नयाँ नयाँ योजना र कार्यक्रम ल्याएर ग्राहकको मन जित्दै आएको प्रभु बैंक लिमिटेडले प्रदेश २ का ५ जिल्लाका प्रवासी कामदारहरुलाई लक्षित गरी नयाँ योजना अघि सारेको छ ।

प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश २ का ५ जिल्लाहरु  बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउने  बैकले जनाएको छ ।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहुँच अभिवृद्धि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजनाअन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश २ का ५ जिल्लाहरुका प्रवासी कामदार  र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट  अधिकतम लाभ लिने विश्वास बैंकले लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार