free website hit counter

वैशाखमा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४ अर्ब नाघ्यो

beemaadmin
२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले कुल ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी भएका छन्।

वैशाखमा सर्वाधिक बीमा शुल्क संकलन गर्ने कम्पनीको रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले उक्त अवधिमा ६३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले ४३ करोड ३० लाख रुपैयाँ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४२ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।

Advertisement
Advertisement

त्यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३९ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३७ करोड ३५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २८ करोड ९४ लाख रुपैयाँ तथा सानिमा जीआईसी इन्स्योरेन्सले २८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

Advertisement
Advertisement

अन्य कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ करोड ७० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ९४ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड ३२ लाख रुपैयाँ तथा राष्ट्रिय बीमा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

वैशाख महिनाको तथ्यांकले निर्जीवन बीमा क्षेत्रमा व्यवसाय विस्तारको क्रम जारी रहेको देखाएको छ भने ठूला कम्पनीहरूबीच बजार हिस्साका लागि प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको संकेत गरेको छ।

सम्बन्धित समाचार