free website hit counter

व्यतित बीमालेख नवीकरणमा लाग्ने जरिवाना शतप्रतिशत छूट

beemaadmin
२०८१ आश्विन २, बुधबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज तथा जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरु असोज १ गतेदेखि असोज १५ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ। तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमालेख १० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ भने १२ वर्षमाथि व्यतित भएका बीमालेखमा छुट नदिने जनाएको छ ।

सम्बन्धित समाचार