free website hit counter

व्यापारी मन्त्रीको कर्मचारीसँगै गुनासै गुनासो

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मन्त्रालयमा पदबहाली गरेसँगै मन्त्रालयका कर्मचारीहरुसँग गुनासै गुनासोको पोको फुकाउन थालेका कारण कर्मचारी दिक्क छन् । निजी व्यापारीक घरानाबाट टिपिएका राज्यमन्त्री दुगडलाई सहसचिव नवराज ढकाल बस्ने कोठा रातारात खाली गरेर पदबहाली गराइएको थियो । पद बहाली गरेकै दिन श्रीमतीलाई समेत लिएर कार्यकक्षमा छिरेका राज्यमन्त्री दुगडले आफ्नो कार्यकक्ष कस्तो लाग्यो भनेर श्रीमतीसँग सोधेका थिए ।

श्रीमतीले तत्कालै ठिक छ भन्ने जवाफ फर्काएकी थिइन् । त्यसको भोलिपल्ट देखिनै राज्यमन्त्री दुगडले आफ्नो उद्योगको कार्यकक्षसँग मन्त्रालयको कार्यकक्ष तुलना गरिरहेका छन् । सफाचट, एसी रुममा बस्ने गरेका व्यापारी दुगड भूकम्पले जर्जर बनेको मन्त्रालयको भवन टालटुल पारेर रङले चिरिच्याट्ट पार्दा पनि उनको चित्त बुझेको छैन ।

उनी दिनैपिच्छे कर्मचारीहरुलाई कार्यकक्ष सानो हुनुको साथै आफू बस्न योग्य नभएको भनेर गुनासो मात्रै गर्दैनन् बारम्बार आफ्नो उद्योगको कार्यकक्षको प्रसंसा गरिरहन्छन् । कर्मचारीलाई बोलाएर गुनासो गर्नु त ठिकै हो, विभागीय मन्त्री उपस्थित रहेको महाशाखाहरुको बजेट तथा कार्यक्रमको ब्रिफिङमा समेत उनको गुनासो जारी नै रह्यो ।

मंगलबार मन्त्रालयमा आयोजित ब्रिफिङमा दुगडले कार्यकक्ष सानो भएको गुनासोमा अर्को गुनासो पनि थपे, मन्त्रालय परिसर फोहोर भयो । आफू ऊर्जा मन्त्री वर्षमान पुनको कार्यकक्षमा जाँदा फर्किन मन नलागेको मात्रै बताएनन् त्यस्तो कार्यकक्ष हाम्रा लागि बनाउन सकिँदैन भनेर कर्मचारीतिर प्रश्न तेस्र्याए । उनले आफू कहाँ ठूला ठूला मान्छे भेट्न आउने हुँदा कार्यकक्ष असुहाउँदो भएको गुनासो गर्न अझै छाडेका छैनन् ।

मन्त्रालयका बाणिज्य सचिव बैकुण्ठ अर्यालको कार्यकक्ष उनले ताकिरहेको श्रोतको दाबी छ । गुनासै गुनासोको पोको फुकाइरहेका राज्यमन्त्री दुगड भने आजै गृहजिल्ला बिराटनगरमा स्वागतार्थ गएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार