काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। यस अघि कम्पनीले २०० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। सो घोषणा अनुरुप कम्पनीले स्वीकृतीका लागि विद्युत नियमन आयोगमा पठाएको थियो। तर आयोगले शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा मात्र हकप्रद शेयर जारी गर्न स्वीकृती दिएपछि कम्पनीले हकप्रद शेयरको दर संशोधन गरेको हो। चैत २६ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।