free website hit counter

शाइन रेसुङ्गाले घटायो ब्याजदर

beemaadmin
२०७७ श्रावण ८, बिहीबार

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ ।

साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ ।

बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले रु. ३५ लाख रुपैयाँ छुट गरेको थियो ।

नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जा बार्षिक ९।५० प्रतिशतमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । यस्तै अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार