free website hit counter

शान्तिपूर्णरूपमा चुनाव सम्पन्न भएको भन्दै प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा पूजा

beemaadmin
२०८२ चैत्र ४, बुधबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्रीले आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप पूजा गरेको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै कार्कीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरेकी छन् । उनले नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी पुकार पनि गरिन् । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत सहभागी थिए ।

सम्बन्धित समाचार