free website hit counter

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९० करोड

beemaadmin
२०८२ कार्तिक ३०, आईतवार

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको वित्तीय विरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन महिनाको अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११।०३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३।०२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । असोजसम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ नै थियो । त्यस्तै, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रटेन्ड अर्निङमा २२ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तीन महिनाको अवधिमा कम्पनीको अन्य इक्युटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । सेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.६३ रुपैयाँ, पीई रेसियो २८.१४ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार