free website hit counter

शिखरको ‘अटो प्लस’ : सम्पूर्ण खर्च शिखरले ब्यहाेर्छ

beemaadmin
२०७७ पुष १, बुधबार

काठमाडौं । बीमा बजारमा नयाँ नयाँ सेवा दिने अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नौलो सवारी साधन अतिरिक्त लाभ बीमालेखको थालनी गरेको छ । यस बीमालेख अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभहरुको लागि बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

हाललाई यस किसिमको अतिरिक्त लाभ बीमालेख कार, जिप, मोटरसाइकल र स्कूटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधनको लागि मात्र उपलब्ध हुने बताइएको छ । साथै सवारी साधन बीमा अन्तर्गत व्यापक सवारी साधन बीमा भएका सवारी साधनलाई मात्र यस अतिरिक्त लाभ प्रदान गरिनेछ र यस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान हुनेछ । सवारी साधन बनेको वा नेपालमा दर्ता भएको मितिबाट १० वर्ष भन्दा कम उमेरका सवारी साधनको लागि मात्र यस किसिमको बीमा गरिनेछ ।

Advertisement
Advertisement

सवारी साधन बीमाले क्षतिको समयमा पूर्ण राहत दिन नसक्ने हुँदा यस किसिमको बीमालेखले सवारी धनीलाई अझ बढी राहत दिने कम्पनीले विश्वास लिएको छ । ह्रासकट्टी हटाउने लाभअन्तर्गत व्यापक सवारी साधन बीमा अन्तर्गत सवारी साधन क्षति भई पार्ट पुर्जाहरु फेर्नु पर्ने अवस्थामा सो पार्ट पुर्जाहरुको सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र भुक्तानी गरिने छ । नयाँ सवारी साधन पुनस्र्थापना लाभ अन्तर्गत व्यापक सवारी साधन बीमा अन्तर्गत सवारी साधन पूर्ण क्षति भएको वा चोरी भएको अवस्थामा समान प्रकारको सवारी साधन बिक्रेताको शोरुममा रहेको नयाँ मूल्य र व्यापक सवारी साधन बीमालेखको बीमाङ्क रकमको फरक रकम भुक्तानी गरिने छ ।

Advertisement
Advertisement

दैनिक सवारी भाडा/यातायात खर्च लाभ अन्तर्गत व्यापक सवारी साधन बीमा अन्तर्गत सवारी साधन पूर्ण क्षति वा चोरी भएको अवस्थामा अधिकतम ३० दिन सम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात/भाडा खर्च भुक्तानी गरिने छ । यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चार पाङ्ग्रे सवारी साधनको लागि फरक हुनेछ । साथै उक्त दैनिक भाडादर सवारी साधनको मूल्य अनुसार पनि फरक फरक हुनेछ । यस बीमाअन्तर्गत बीमितले प्रत्येक लाभको लागि ०.१० प्रतिशत देखि ०.५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नु पर्नेछ ।

यस बीमालेख अन्तर्गत बीमितले कुनै एक वा बढी लाभहरु लिन पाउने छन् जसको लागि प्रत्येक लाभको लागि भिन्दा भिन्दै बीमाशुल्क लाग्नेछ र यस किसिमको बीमा शुल्क सवारी साधनको व्यापक बीमालेखको लागि लाग्ने बीमाशुल्क बाहेकको अतिरिक्त शुल्क हुने कम्पनीले जनाएको छ । साथै व्यापक बीमालेख अन्तर्गको अधिक रकम र साल्भेज रकम यस बीमाले समावेश नगर्ने समेत कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार