free website hit counter

शिखरको ‘शिखर अटो प्लस बीमा योजना’ यस्ता छन् विशेषता

beemaadmin
२०७७ मंसिर ३०, मंगलवार

काठमाडौं । बजारमा नयाँ नयाँ र आकर्षक बीमा योजना सार्वजनिक गर्नमा अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक गरेको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन् ।

Advertisement
Advertisement

कम्पनीका संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा योजना सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement

शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको कम्पनीका सिइओ दीप प्रकाश पाण्डेले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार