free website hit counter

शिवम् सिमेन्ट्सले घोषणा गर्यो लाभांश

beemaadmin
२०८२ मंसिर १, सोमबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश शिवम् सिमेन्ट्स लिमिटेडले घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार