free website hit counter

शिवम् ले ४ अर्ब मुनाफा बाँड्ने

beemaadmin
२०७६ आश्विन १४, मंगलवार

काठमाडौं । देशकै ठूलो सिमेन्ट कारखाना शिवम सिमेन्टस्ले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा आह्वान गरिएको चौंथो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ। चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्नमिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको थियो। शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आवको तुलनामा ३६ करोड रुपैयाँले खुद नाफा बढाएर एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा कायम गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार