free website hit counter

शेखर गोल्छाको म्याद थप अस्वीकार, अनुसन्धान जारी

beemaadmin
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं — व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश मोना सिंहको इजलासले उनको म्याद थप नगर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

गोल्छा दुई फरक कसुर—धितोपत्र र बीमासम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए। तीमध्ये धितोपत्र सम्बन्धी मुद्दामा मात्रै सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिए पनि अर्को मुद्दा बाँकी रहेकाले उनी तत्काल छुट्न सकेका थिएनन्।

Advertisement
Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसएसपी शिव श्रेष्ठले अदालतको आदेशको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए। सीआईबी प्रमुख एआईजी डा. मनोज केसीका अनुसार बयान सकिएको अवस्थामा अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न अनुमति दिन सक्ने व्यवस्था छ।

गोल्छाको बयान सकिएको छ भने थुनछेक बहस भने अझै बाँकी रहेको बताइएको छ।

सम्बन्धित समाचार