free website hit counter

शेयर बजार झिनो अंकले उकालो

beemaadmin
२०८० श्रावण १८, बिहीबार

काठमाडौं । शेयर बजारमा झिनो बृद्धि देखिए पनि आज कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ३ अंकले बढेको हो । ०.१४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.८४ अंकमा उक्लिएको छ । आज २६२ कम्पनीका ५१ लाख ३० हजार ५ सय २० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७ सय १.८१ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो । बजारमा झिनो सुधार देखिएपनि दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । त्यस्तै प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.१९ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड २३ लाख ६८ हजार ५ सय ४५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार बजार २६।१४ अंकले घट्दा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७.८७ रुपियाँ, सोमबार बजार ५.८४ अंकले बढ्दा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५.७३ रुपियाँ, मंगलबार २८.५९ अंकले बजार घट्दा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८ सय ९९.९० रुपियाँ र हिजो बुधबार ९.२५ अंकले बढ्दा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८ सय ५६.१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार