काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि एक अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार २०.६७ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५०.३३ अंकमा उक्लिएको छ । आज २९४ कम्पनीका ४२ लाख १३ हजार २ सय ८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५.५९ रुपियाँ बराबरको कारोबार भएको छ । बजार बढेको दिन बुद्धभूमि हाइड्रो, पञ्चकन्या माई हाइड्रो, माथिल्लो मैलुङ खोला जलविद्युत, थ्रीस्टार हाइड्रो र पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ९.९२, ९.७२ र ९.४१ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सयपत्री हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८।१५ प्रतिशतले घाटा व्यहोरेका छन् । ५९ कम्पनीबाहेक अरुको शेयर मूल्य बढेको हो । आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । शेयर बजार खुलेको पहिलो दिन सोमबार १।३९ अंकले बजार बढ्दा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९.७० रुपियाँ र हिजो मंगलबार २३.८२ अंकले बजार घट्दा ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३।९१ रुपियाँ बराबरको कारोबार भएको थियो । आइतबार भने छठ पर्वका कारण बजार बन्द रहेको थियो ।