free website hit counter

शेयरधनीलाई बोनसको कर तिर्न सगरमाथा इन्स्योरेन्सको आग्रह

beemaadmin
२०७६ आश्विन १०, शुक्रबार

काठमाडौं । शेयरधनीलाई अघिल्लो आर्ठिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको बोनसको कर तिर्न सगरमाथा इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ। कम्पनीले बोनसका लाग्ने लाभकरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीबाटै बोनसमा लाग्ने कर रकम तिर्न आग्रह गरेको हो ।

लाभांश पाउन योग्य शेयरधनीले लाभकर वापतको रकम ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा जम्मा गर्न आग्रह गरिएको छ । यसअनुसार कम्पनीले असोज २ गतेसम्म लाभकर बापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ।

अन्यको हकमा प्रत्येक हप्ताको बैंक स्टेटमेन्टका आधारमा अर्को हप्ताको दोस्रो दिनमा बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७६ असार १३ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार