free website hit counter

श्रीमती मारेर प्रहरीलाई फोन गर्ने युवकलाई दुबइमा जन्मकैद

beemaadmin
२०७८ असार ११, शुक्रबार

युएई । मान्छेले एक छिनको रिसलाई नियन्त्रण गर्न सकेन भने ठूलो दुर्घटना निम्तिन्छ । युएइको दुबइमा एक जना नेपालीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । दुबइ क्रिमिनल कोर्टले उनलाई आफ्नी श्रीमतीको पूर्वनियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरी यस्तो सजाय सुनाइएको हो ।

उनले आफ्नी श्रीमतीलाई दुबइमा उनी बस्ने घरको ढोकामा चक्कुले ११ पटक हानेर मारेका थिए । उनले श्रीमतीलाई टाउको, छाती, घाँटी र पेटमा चक्कु हानेका थिए । अब उनले कम्तीमा २५ वर्ष जेलमा बस्नुपर्नेछ किनकि दुबइमा कुनै पनि दोषीलाई अधिकतम २५ वर्षसम्म मात्रै जेलमा राख्न सकिने कानुन छ र आजीवन कारावास भनिए पनि बढीमा २५ वर्षसम्म मात्र हुन्छ । सजाय पूरा गरेपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ । पुलिस रेकर्डलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएअनुसार हत्याको घटना २०२० को सेप्टेम्बर २५ का दिन भएको थियो । त्यसपछि उनलाई शेख जायद रोडमा २१औं सेन्चुरी टावर बाहिरबाट पक्राउ गरिएको थियो ।

उनले २०१९ मा पीडित महिलासँग बिहे गरेका थिए । गत वर्षको जूनमा उनले आफ्नी श्रीमतीको अवैध सम्बन्ध रहेको साथहिरुबाट थाहा पाएका थिए । घटनाको दिन उनले कैयौं पटक आफ्नी श्रमितीलाई अवैध सम्बन्धबारे कुरा गर्न फोन गरेका थिए तर उनीसँग भएका अर्का एक पुरुषले फोन उठाएर आफूहरुलाई डिस्टर्ब नगर्न भनेका थिए । उनले पछिल्लो पटक श्रीमतीलाई बेलुकी करिब ६ बजेतिर फोन गरेका थिए तर उनले फोन उठाइनन् । त्यसपछि आरोपीले श्रमितीलाई मार्ने निर्णय गरे र नजिकैको सुपरमार्केटबाट चक्कु किने त्यसपछि उनी घर आउँदासम्म पर्खेर बसे ।

उनकी श्रीमती राति ८ बजेर १० मिनेटको समयमा आइन् त्यसपछि उनले दिउँसो आफूले फोन गर्दा फोन उठाउने व्यक्तिसँगको सम्बन्धबारे सोधे । तर उनले जवाफ दिन नपाउँदै उनले श्रीमतीलाई चक्कु हाने । उनले श्रीमती रगतको तालमा डुबेको फोटो खिचे त्यसपछि पुलिसलाई फोन गरे । भवनका सुरक्षा गार्ड र एक जना डेलीभरी गर्ने व्यक्ति घटनाका प्रत्यक्षदर्शी थिए । पुलिसले आरोपीलाई श्रमितीको लाश र चक्कुको साथमा फेला पारेको थियो । उनले अदालतमा सुनुवाइको क्रममा आफ्नो अपराध स्वीकार गरे र आफूलाई यो अपराध गरेकोमा कुनै पछुतो नभएको बताए ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार