free website hit counter

श्रीमान–श्रीमती नै मर्नुको के हो त कारण ? टाेखा घटनाकाे नालीबेली

beemaadmin
२०७७ पुष २६, आईतवार

काठमाडौं । सुन्दै आङ सिरिङ्ग हुने टोखा घटनाको पर्दा अझै उघ्रिएको छैन । काठमाडौंको टोखारोडस्थित ग्राण्डी हस्पिटल नजिकैको भिल्लामा रहेको १ बेडरुमको अपार्टमेण्टमा शुक्रबार श्रीमान र श्रीमतीको विभत्स शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । दुबै शवको सम्भवतः आज पोष्टमार्टम हुने र साँझसम्म रिपोर्ट आउने बताइएको छ । घटनाको प्रकृति र शवको अवस्थालाई हेर्दा पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार, श्रीमानको क्षतविक्षत टाउको हेर्दा उनलाई चाँहि मारेको अर्थात् हत्या गरिएकै भन्नेमा कुनै शंका छैन । मसला पिस्ने सिलौटामा रगत लतपतिएको छ र सिलौटामा पुरुषको कपाल पनि टाँसिएको छ । शवको प्रकृति हेर्दा ‘गोलभेँडाको अचार पिस्ने सिलौटाले हानेर श्रीमानको टाउकोलाई नै अचार बनाइएको’ देखिन्छ । झण्डै तीन केजीको सिलौटाले हानेको कारण पुरुषको टाउकोबाट गिदीसमेत ओछ्यानमा छरपष्ट भएको देखिन्छ । तर,श्रीमती चाँहि झुण्डिएर पासो लगाई मरेको अवस्थामा थिइन् ।
प्रहरीले श्रीमतीलाई पनि कसैले मारेर झुण्डाइएको हो कि भन्ने आशंका समेत गरेको छ । त्यसको लागि प्रमाण खोज्दै त्यतापट्टि पनि अनुसन्धान थाल्ने बताइएको छ । तर,अहिलेलाई यहि हो भन्न सकिने अवस्था नदेखिएको स्रोतको दाबी छ । स्रोत भन्छ ‘हामी अनुसन्धानको सबै पाटोबाट हेर्दैछौं ।’ किचेन पछाडिको ढोका खुल्ला रहेको सम्बन्धमा पनि प्रहरीले नजिकबाट अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मृतक महिलाकी दिदीका अनुसार बुधबारसम्म बहिनी र ज्वाईं सम्पर्कमा नै थिए,त्यसपछि सम्पर्क नभएको हो । मृतक महिलाको माइती र दिदीको घर नजिकैको ग्रिनल्याण्ड चोकमा छ । सामाजिक सञ्जालदेखि कुनैपनि सम्पर्कमा नरहेपछि दिदी बहिनीलाई भेट्न शुक्रबार बिहान त्यहाँ पुगेकी थिइन् । दिदीले प्रहरीलाई बताएअनुसार ‘पछाडिको ढोकाबाट जाँदाजाँदै बहिनी झुण्डिएको देखेँ ।’ तर प्रहरीलाई त्यस्तो विभत्स हत्याको खबरचाँहि ढिलो गरिएको थियो ।
बिहान ९ बजेको हाराहारीमा खुल्ला रहेको पछाडिको जाली ढोकाबाट छिर्दा बहिनीको झुण्डिएको लाश र बेडमा ज्वाईंको विभत्स अवस्था देखेपछि दिदी हिँड्दै माइतीमा गएर आमालाई भनेकी थिइन् । त्यसपछि अमेरिकामा रहेका आफन्तलाई खबर गरेको दिदीले प्रहरीलाई बताएकी छिन् । त्यत्रो विभत्स हत्या र घटनाको खबर प्रहरीलाई साँझमा मात्र गर्नुले घटनालाई रहस्यमय बनाइदिएको हो ।

टाउकोबाट गिदी बाहिर निस्किएकाले पुुरुषको लाश शुक्रबार साँझ नै गन्हाएको अवस्थामा थियो । तर,श्रीमतीको लाश भने गन्हाएको थिएन । प्रारम्भिक अनुसन्धानबाट श्रीमतीले आवेशमा श्रीमानलाई मारेर आफैँ झुण्डिएको नै देखिए पनि पछाडिको ढोका खुल्ला भएकोले घटनालाई यसै हो भन्न नसकिने अवस्थामा पुर्याएको छ ।

श्रीमान र श्रीमती मारिएको घटनाको अन्तर ८ देखि १० घण्टा जति थियो । टाउकोबाट गिदी आउने गरी हानिएपनि पुरुषको शरीरमा अन्त कुुनैपनि किसिमको डाम नदेखिएको बताइन्छ । दुवैले अन्तिम अवस्थामा बच्ने कोशिस र संघर्ष गरेको कुनै संकेतसमेत नदेखिएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

स्रोतका अनुसार बानेश्वर घर भएका मृतक ३३ वर्षका उमेश केसी घर ज्वाईं बसेका थिए । त्यसैले उनी आफ्नो घर बानेश्वरतिरको आउजाउ नै बन्द गरेका हुन् । सन् २०१४ मा बिहे गरेर ससुरालीबाटै अमेरिका अमेरिका गएका उनी आईटीका विद्यार्थी थिए । गत दशैंमा काठमाडौं आएपछि भिल्लाभित्रको १ बेडरुम अपार्टमा बस्न थाले । उनको एक सातामै अमेरिका फर्कने कार्यक्रम थियो ।

प्राप्त प्रारम्भिक जानकारीमा श्रीमती सुदीक्षा गिरीले मलाई पनि अमेरिका लैजानुपर्छ भनेकी थिइन् । त्यहि क्रममा भर्खरै ग्रीन कार्डप्राप्त श्रीमानले पनि अमेरिकाबाट पठाएको त्यत्रो पैसा खोई भनेर सोधपुछ गरेपछि आवेशमा घटना भएको हुनसक्ने अड्कल लगाइएको छ । सात वर्षदेखि केटो उता अमेरिकामा एक्लै बसेको र श्रीमती पनि यता त्यसैगरी बसेपछि त्यहि विषयले समेत मनमुटाव बढाएको हुनसक्ने अर्को कोणबाट पनि प्रहरीले विश्लेषण थालेको छ । तर,रकम र कारोबारको बारेमा भने अहिले नै यकिन छैन । बिबाह गरेको ७ वर्षसम्म श्रीमतीलाई अमेरिका लैजाने वा श्रीमतीले अमेरिका जाने प्रक्रियासमेत शुरु गरेको देखिँदैन । श्रीमान् केसी र महिला गिरी परिवारको भएकै कारण केटोको घरतर्फ आउजाउ नभएको बताइन्छ । पोष्टमार्टमको प्रतिवेदन नआइसकेको अवस्था र अनुसन्धानको प्रारम्भिक चरणमा प्रहरीले उक्त घटनालाई पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती र घरेलु सहायकको केही महिनाअगाडि ललितपुरला भएको आवेशप्रेरित हत्यापछिको आत्महत्या जस्तै कोणबाट हेरेको देखिन्छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार