free website hit counter

संक्रमितको संख्या एक हजार नाघ्यो, उपत्यकामा मात्रै ४३५

beemaadmin
२०७८ बैशाख ५, आईतवार

काठमाडौं । कोरोना संक्रमितको ग्राफ नराम्रोसँग उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार