free website hit counter

सकियो पलको बयान

beemaadmin
२०७८ चैत्र ९, बुधबार

तनहुँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो ।पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।
उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उनले भने । प्रहरी हिरासतमा रहेका नायक शाह विरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबिच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ । यो संख्या थपघट हुनसमेत सक्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालत तनहुँले थुनछेकको आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।
१२ देखी १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो । उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ । ११ फागुनमा उदयमान एक गायिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर जर्वजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका थिए । पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा जर्वजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बालिकाको अभिभावकले उजुरी दिएपछि १५ फागुनमा पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिनको दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा बिहीबार सकिएको थियो । बिहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो । उनका म्यानेजर जोशीलाई पनि २७ फागुनमा दमौलीबाट लिएर अनुसन्धान गरिएको थियो । पल नवलपुर प्रहरीमा पनि उजुरी परेको थियो । २३ फागुनमा उनलाई तनहुँ प्रहरीले नवलपुर प्रहरी समक्ष अनुसन्धानका लागि बुझाएको थियो । १ चैतमा नवलपुरबाट तनहुँ ल्याएर प्रहरीले थप अनुसन्धान गर्‍यो ।
नवलपुर जिल्ला अदालतमा गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को ९ग० अनुसार सजाय माग गर्दै अभियोग पत्र दायर भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार