काठमाडौं । सेवालाइ चुस्त बनाउँदै ग्राहकलाइ सुविधा थप्ने क्रममासगरमाथा इन्स्योरेन्स कम्पनी र पोखराको होटल ल्याण्डमार्क तथा काठमाडौंको सम्राट टूर्स एण्ड ट्राभल्सबीच सम्झौता भएको छ । सम्झौतापछि कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड होल्डर बीमितले विशेष छूट पाउने भएका छन् ।
नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरे ।
सम्झौतापछि सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड होल्डर बीमितले विभिन्न सेवामा विशेष छुट पाउने जनाएको छ ।