free website hit counter

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी

beemaadmin
२०७९ असार २७, सोमबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षति अन्तर्गतको बीमा दावीवापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ को दावी भुक्तानी गरेको छ । उक्त रकम बराबरको चेक मादीपावर प्रा। लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् । सगरमाथाइन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथाशक्य चाँडो दावीभूक्तानी गर्न प्रयत्नशिल रहीआएको । सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करो८ बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार