free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

beemaadmin
२०८१ पुष २२, सोमबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिम पुसा १९ र २० गते इटहरिको होटल बरण्डामा सम्पन्न भएको हो । उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता बृद्धि गर्नु रहेको थियो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो । जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए । तालिम प्रशिक्षकहरुमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशीप्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना, र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए । प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरुमा जानकारी दिएका थिए । भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए । यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पुर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता रहेका थियो । जसले सबै सहभागीहरुलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गरेको कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार