free website hit counter

सजिलै बन्छ रसिलो गुलाब जामुन Gulab Jamun

beemaadmin
२०७७ कार्तिक १०, सोमबार

साकाहारीका लागि दशैंमा मासु बाहेकका परिकार बनाउनै पर्छ । त्यसैले आज हामीले घरैमा निकै रसिलो गुलाब जामुन बनाउने तरिका प्रस्तुत गरेका छौं ।

आवश्यक सामान
खुवा ४०० ग्राम
छेना : दूध फटाएर बनाएको ४०० ग्राम छोक्रा
मैदा दुई चम्चा
आरारोट (कर्नफ्लोर) एक चम्चा
गुलाब जल आधा चम्चा
बेकिङ पाउडर एक चिम्टी
चिनी आधा केजी (चास्नीको लागि)
सुकुमेल पाउडर आधा चम्चा (सानो)
तेल आवश्यकता अनुसार

बनाउने विधि 
खुवा, छेना, बेकिङ पाउडर, मैदा, कनेफ्लावर र सुकुमेल हालेर राम्रोसँग मिलाउने । सबै मिलाएपछि कुन साइजको बनाउने हो, त्यही साइजको गोलो–गोलो खुवा बनाएर राख्ने । चिनीमा पानी मिलाएर जबसम्म हल्का गाढा हुँदैन, तबसम्म उमाल्ने । अब कराहीमा तेल तताएर तयार गरेको गोलो–गोलो खुवा र छेना मिक्सलाई फ्राई गर्ने र चास्नीमा राखेर सर्भिस गर्ने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार