free website hit counter

सडक दुर्घटनामा गयो जापानमा नेपाली चेलीको ज्यान

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

टोकियो । सडक दुर्घटनामा जापानमा एक नेपाली चेलीको ज्यान गएको छ । कामबाट फर्कनेक्रममा जापानको मिए केनको योक्काईचीमा एक मिनि ट्रकको ठक्करबाट नेपाली चेलीको निधन भएको हो ।
६ महिना अघिमात्र डिपेण्डेन्ट भिषामा जापान आउनुभएकी सुजाता बास्तोलाको ट्रकको ठक्करबाट निधन भएको हो ।
प्राप्त जानकारी अनुसार कामबाट फर्कने क्रममा आईतबार बिहान ७ बजे ट्रकले ठक्कर दिएको हो । कामबाट स्कुटरमा रहनुभएकी बास्तोलालाई ट्रकले ठक्कर दिई गम्भिर घाईते भएपछि अचेत अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ । २२ बर्षिय बास्तोला मिए केनको योक्काईचीमा श्रीमानको साथमा बस्दै आउनुभएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार