free website hit counter

सडकमा खोलो पसेपछि नेको इन्स्योरेन्सले दियो १ करोड ४८ लाख दावी भुक्तानी

beemaadmin
२०७७ पुष २१, मंगलवार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बाढी पहिरोले सडकमा पुर्याएको क्षति बापत १ करोड ४८ लाख बीमा दावी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले यही पुस १९ गते आइतबार जयदेवी एसएस निर्माण सेवाका सञ्चालक सन्देश शाहीलाई बीमा दावी भुक्तानी बापत एक करोड ४८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
अछाम जिल्लामा सडक निर्माणको काम गर्दै आएको जयदेव एसएस निर्माण सेवाले अछाम जिल्लाको रामारोशनमा निर्माण गर्दैै गरेको सडकमा २०७७ साल भदौं २ गते आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको थियो । सो बाढी पहिरोपछि नेको इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा परेको बीमा दावी रकममाथि कम्पनीले प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो ।

सम्बन्धित समाचार