काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ। उनको पार्थीव शरीर अध्ययनका लागि राखिने भएकाले नजलाइने किष्ट मेडिकल कलेजले जनाएको छ। प्रोफेसर डा. किशो सिंह बस्नेतले केमिकल प्रयोग गरेर जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेजमै राखिने जानकारी दिए।
जोशीले यसअघि आफ्नो शरीर दान गर्ने निर्णय गरेका थिए। किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो। उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने बताइएको छ। श्रद्धाञ्जलीपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर किष्ट मेडिकल कलेजमा राखिने छ।