free website hit counter

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

beemaadmin
२०८२ मंसिर २५, बिहीबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–०८२ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१–८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको मंसिर १९ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।
सनलाइफ सावधिक जीवन बीमालेखअन्तर्गत कम्पनीले न्यूनतम प्रतिहजार ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रति हजार ६० रुपैयाँ, ३० र माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम भएको छ। भाग्योदय जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ। ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवघिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष र सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। बाल समृद्ध जीवन बीमालेखको हकमा पनि कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। सावधिक सुनौलो जीवन बीमालेखमा कम्पनीले प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ३६ रुपैयाँ र २० देखि २४ अवधिसम्मका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ। सुनौलो बाल समृद्धि जीवन बीमा योजनामा कम्पनीले ० देखि १४ वर्ष अवधिसम्मका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। नवीन आजीवन जीवन बीमा योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ बोनसदर कायम गरेको छ। १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि पनि प्रति हजार ६२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ८० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ। १५ वर्षे सार्थक आजीवन जीवन बीमालेख योजनाको हकमा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ। धनधान्य जीवन बीमालेख योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ। धनलक्ष्मी बीमा योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ। धनञ्जय जीवन बीमा योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ र २० वा सोभन्दा बढी अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ। नव धनलक्ष्मी जीवन बीमालेख योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार