free website hit counter

सन नेपाल लाइफको बीमा शुल्क आर्जन ३ अर्ब ४५ करोड

beemaadmin
२०८१ श्रावण २७, आईतवार

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्ममा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.७८ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८४ करोड ९५ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ६८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड ९४ लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०।५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ थियो। कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङका रुपमा ५० करोड २० लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ छुट्टाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३४.९४ रुपैयाँ रहेको ईपीएस घटेर १४.५१ रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.०२ रुपैयाँ र पीई अनुपात ३५.२३ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार