free website hit counter

सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

beemaadmin
२०८२ पुष १३, आईतवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स रामपुर शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । रामपुर नगरपालिका ५ निवासी हुम बहादुर बिकले सुरक्षा बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा ‘सुरक्षा म्यादी जीवन बीमा’ अन्तर्गत कम्पनीबाट मृत्युदाबी भुक्तानी गरिएको हो । रामपुर नगरपालिका वडा नम्बर ५ निवासी हुम बहादुर बिकले सहकारी मार्फत २० लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्समा गरिएको थियो । ऋणी बिकको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत २० लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ मृतककी श्रीमती राधा बिकलाई हस्तान्तरण गरेको छ । उक्त दावी भुक्तानी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्तान्तरण गरेका छन् । दावी भुक्तानी कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायतको उपस्थितीमा सो चेक सहकारीका सल्लाहकार लेखनाथ रेग्मी, अध्यक्ष मन्जु भट्ट र व्यवस्थापक ईन्द्रराज सिग्देल सहितको रहोबरमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै सिइओ अर्यालले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताए । उनले भने, बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ। महिलाको सशक्तीकरणमा यसले ठूलो योगदान पुर्‍याइरहेको छ। हाल देशभरका करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार