free website hit counter

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८२ माघ २९, बिहीबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ। सैनामैना–१०, झिमझिमिया, रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्युदाबी भुक्तानी प्रदान गरिएको हो। परियारले सहकारी मार्फत रु ४ लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत गरिएको थियो। ऋणी परियारको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत ४ लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ दावी भुक्तानी उपलब्ध गराएको हो। बुधबार सैनामैना–१०, झिमझिमिया, मा सहकारीको आफ्नै भवनको हलमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्री, कपिलवस्तु शाखा प्रमुख गीता गौतम तथा शाखाका कर्मचारी तिलक बञ्जाडेले सो चेक सहकारीका व्यवस्थापक श्री लक्ष्मण पौडेललाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै रिजनल म्यानेजर क्षेत्रीले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो,–“बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ, आर्थिक योजना बनाउँदा बीमाको लागि केही रकम व्यवस्थापन गर्न सके भविष्यमा हुने ठूलो आर्थिक क्षतिलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । सन नेपाल लाइफको कर्जा सुरक्षा म्यादी जीवन बीमा योजनाले सहकारी र सदस्यहरुलाई वास्तविक रुपमा बीमा र सुरक्षाको अनुभूति दिलाएको छ । सहकारीका व्यवस्थापक लक्ष्मण पौडेलले बीमाको यो नीतिले सहकारी संस्था र सदस्यहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उहाँहरूले दुर्घटना र आकस्मिक अवस्थाबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणका लागि यस्तो संस्थागत बीमालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। साथै सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सहकारीका सदस्य परियारको मृत्युको यस दुःखद क्षणमा अत्यन्तै छिटो छरितो र विना झन्झट बीमा दावी रकम उपलब्ध गराएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद पनि व्यक्त गर्नुभयो । सहकारीकी उपाध्यक्ष कमला थापाले शुरुमा आफूले बीमाको विषयमा त्यति धेरै नबुझेको भए पनि सन नेपाल लाइफ इन्स्योरेन्स र आफ्नो सहकारीले ऋण बीमा सम्झौता गरी कार्य शुरु गरेपछि कम्पनीले दिएको सेवा र सुविधाहरु देखेर अत्यन्तै प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, जनमानसमा बीमा कम्पनीबाट दावी भुक्तानी लिन गाह्रो हुन्छ भन्ने छ, तर होइन रहेछ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जुन हिसावले बीमाको सेवा लगायत दावी भुक्तानमा सहजीकरण गरिरहेको छ त्यो अत्यन्तै सराह्रनीय रहेको छ । साथै उहाँले बीमाको यस्तो अभ्यासले गाउँसमाजमा सकारात्मक प्रभाव पर्ने हुँदा जनसमुदायमा बीमा सम्वन्धी चेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो । कपिलवस्तु शाखा प्रमुख गिता गौतमले कम्पनीले आफ्ना विमितहरुको लागि नेपालमै पहिलो पटक सन मेडिकेयर जस्तो सुविधा प्रदान गरेका कारण विभिन्न आकस्मिक समस्या आइपर्दा उपचार खर्च दिने सुविधा समेत रहेको बताउनुभयो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशभरका विभिन्न बचत तथा ऋण बहुउद्धेश्यी लगायतका सहकारीसँग कर्जा सुरक्षण बीमाको लागी सहकार्य गरेको समेत जानकारी दिनुभयो।आर्थिक तथा सामाजिक विकासमा योगदान पुराउनका लागि बुढेसकाल, मृत्यु, अशक्तता र आपतकालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै, संस्था, ऋणी र ऋणीका परिवारको दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गरी किफायती र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी वक्ताहरूले बीमाको पहुँच र प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने र सबै सहकारी संस्थाहरूलाई यस्तो पोलिसीमा आबद्ध गरिनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार