free website hit counter

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सुविधा सुरु

beemaadmin
२०७८ श्रावण ७, बिहीबार

काठमाडौं । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगले फड्को मारेको छ । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मित गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विदड्र अप्सनमा रोजी एसएमएसमा आएको कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ ।

यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएम मार्फत सजिलै रकम झिक्न सकिने छ । सन्राइज बैंकले यस अघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार