free website hit counter

सनराइजले दिने भयो संग्रीलामा विशेष छुट

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । आफ्ना ग्राहकलाई सबै क्षेत्रमा छूटका योजना अघि सार्ने क्रममा सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ । यो सुविधा यस बैंकका ग्राहकहरुले २०७७ साल पौष १५ सम्म उपयोग गर्न सक्ने छन् ।

सनराइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, वेभरेज, वेकरी, साउना, स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार