free website hit counter

सन् २०२१ का लागि डिभी आवेदन खुल्ला

beemaadmin
२०७६ आश्विन १५, बुधबार

अर्थबिमा समाचारदाता
काठमाडौँ । अमेरिकामा डाइभर्सिटी भिषा अन्तर्गत जान चाहनेका लागि आवेदन फारम भर्दा पासपोर्ट नम्बर अनिवार्य सहित सन् २०२१ का लागिे आवेदन खुल्ला भएको छ ।
सन् २०२१ को लागि आवेदन दिने मिति यही सालको अक्टोबर २ तारिखदेखि खुल्लाभएको हो भने त्यसमा आगामी नोभेम्बर ५ सम्म अनलाइन मार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

अमेरिकाले इमिग्रेशन एण्ड नेशनालिटी एक्ट को व्यवस्था अनुसार डिभीका लागि आवेदन दिदा पासपोर्टको म्याद भएको र इमेल ठेगाना अनिवार्य गरिएको छ गरेको हो । जसमा कुनै शुल्क भने लाग्ने छैन ।
एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको डिभी आवेदनको फारम भरिसके पश्चात् प्राप्त हुने कन्फर्मेशन नम्बर सुरक्षित राख्नु भनिएको छ । डिभीका लागि आवेदन दिनेले नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेशन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा पाउन सक्ने भएकोले पनि कन्फर्मेशन नम्बर सुरक्षित राख्नुपर्ने भएको हो । अमेरिकाले चिठ्ठा मार्फत भिसा उपलब्ध गराउँदै आएकोमा नेपालमा पनि त्यसको आकर्षण निकै रहदै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार