free website hit counter

सफलताको बाटो समाउँदै सानिमा लाईफ चौथो वर्षमा प्रवेश

beemaadmin
२०७७ मंसिर २२, सोमबार

काठमाडौं । विज्ञ समूहले दक्ष जनशक्तिका साथमा सञ्चालित र बीमा बजारमा आफ्नो छुट्टै छाप छाड्न सफल सानिमालाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ ।

तीन वर्षको यात्रा तय गरिसक्दा कम्पनीका सबै तथ्याङ्क तथा सूचांकहरुले कम्पनी सफलताको बाटोमा अघि बढेको देखाएको छ । कूल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले छोटो अवधीमा नै चुक्ता पुँजि सरह जीवन बीमा कोष बनाउन सफल भइसकेको छ ।

Advertisement
Advertisement

निरन्तर नविन योजना, ग्राहकको आर्थिक सुरक्षा, दीर्घकालिन सम्पन्नता तथा विश्वसनीय सेवा मार्फत नेपालको नेतृत्वदायी भुमिका निर्वाह गरी मुलुकको समग्र विकासमा योगदान गर्ने परिकल्पना सहित कम्पनी अघि बढिरहेको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्कआर्जन १५५ प्रतिशतले बढाएर ३४ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ भने पहिलो त्रैमासमा खुदनाफा ७७ प्रतिशतले बढाएर ३ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

कोभिड महामारीका बीचमा पनि कम्पनीले सबै सूचाकंमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले जारी पुँजिको ३० प्रतिशत अर्थात ६० करोडको आईपिओ बजारमा आउँदैछ । कम्पनीले देशैभरि फैलिएका ९६ वटा शाखाहरु मार्फत बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीमा हाल १२ हजार भन्दा बढी बीमाअभिकर्ताहरु आवद्ध छन् ।

१२ हजारभन्दा बढी बीमाअभिकर्ताहले विभिन्न क्षेत्रहरुमा जीवन बीमा सुविधा लिँदै आईरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार