free website hit counter

सबै विकल्पहरु खोज्न नर्भिक अस्पतालमा नेपालकै ठूलो ट्यूमर वोर्ड गठन

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर बोर्ड गठन भएको हो । क्यान्सरका बिरामीलाई सम्भावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतुले गठित ट्युमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ ।

बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ । यस्तो अभ्यास यूरोप÷अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ । बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकित्सकहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन र व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ । कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् । नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा राजीव झाकाअनुसार बोर्डमा सहभागी विशेषज्ञहरूले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् ।

कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरूको विषयमा समेत छलफल हुने डा।झा बताउँछन् । ‘विश्वमा हरेक दिन ट्युमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरु भइरहेका हुन्छन् । विभिन्न इन्भेष्टिगेसनबाट फरक–फरक रिजल्टहरु पनि आइरहेका हुन्छन् ।’ डा। झाले भने– ‘उपचारका विधिहरु पनि नयाँ–नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरूलाई कसरी भित्र्याउने वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्ने जस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार