free website hit counter

सबै सूचांकमा प्राइम लाइफ इन्स्योरेन्स प्रगति, खुद बीमाशुल्क र नाफा बढ्यो

beemaadmin
२०७७ मंसिर ९, मंगलवार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्दै सबै सूचांकमा प्रगति भएको देखाएको छ । कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.७२ प्रतिशत अर्थात ३१ करोड १७ लाख रुपैयाँले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २०.४७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, कम्पनीको जीवन बीमा कोषको रकम ३१ प्रतिशतले बढेर १२ अर्ब ३७ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी बढेर १४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन २४.४१ प्रतिशतले बढी हो ।
त्यस्तै, इन्स्योरेन्सको खुद सम्पत्ती ३ अर्ब १७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जुन ४।२१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर २१.३९ रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा प्रतिकित्ता १९.९७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ ।

इन्स्योरेन्सले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभर रीसंग गरेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार