free website hit counter

सभा, सम्मेलन नगर्न स्थानीय प्रशासनले गर्न थाले आग्रह

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । कोरोना भाइरसको संक्रमण भित्रिन र फैलिन नदिनका लागि स्थानीय प्रशासन सजग हुन थालेका छन् । चितवन जिल्ला प्रशासन कार्यालयले स्थानीय स्तरमा कुनै पनि सभा, सम्मेलन, महोत्सव, भेलालगायत भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरेलगत्तै प्रदेश नं. ५ सरकारले पनि मन्त्रिपरिषद्बाटै निर्णय गरी अर्को निर्णय नभएसम्मका लागि यस्ता किसिमका कार्यक्रम प्रदेशस्तरमा नगर्न अनुरोध गरेको छ । त्यसैगरी संघीय राजधानी रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि बिहीबार सार्वजनिक सूचनाजारी गर्दै भीडभाडयुक्त कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । यसैगरी कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले पनि सोही प्रकृतिको आदेश जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार