free website hit counter

समुदायमा फैलिएकाे संक्रमण यसरी नियन्त्रण गराैं

beemaadmin
२०७७ श्रावण १७, शनिबार
पर्सा ( बिरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ | हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो | यो क्लस्टर केसेस होइन | कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ | पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ | ट्राभल हिस्ट्री नभएका, संक्रमितसंग सम्पर्क नभएका तथा घरमै बसेका व्यक्तिमा पनि संक्रमण पाइएको छ |
यो महामारीलाई समयमै नियन्त्रण नगर्ने हो भने ठूलो क्षति हुनसक्छ | बारा, सप्तरी, मोरंग, कपिलबस्तु, दैलेख लगायत बिभिन्न ठाउँमा क्लस्टर अफ केसेसबाट सामुदायिक संक्रमण हुँदैछ | यसको लागि निम्न लिखित पहल तुरुन्तै गर्नु जरुरी छ |
.
१. सामुदायिक संक्रमण देखिएका र उन्मुख ठाउँमा कर्फ्यु लगाउने | सरकारले जनतालाई खाना, पानी, औषधि आदिको ब्यबस्था एबम परीक्षणको लागि स्वाव संकलन घरघरमा गएर गर्ने |
२. सिमाना १०० % शिल गर्ने |
३. काठमाडौं लगायत बिभिन्न ठाउँबाट सयौं स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने |
४. सुरक्षा निकायलाई बाक्लो संख्यामा परिचालन गर्ने |
५. स्कुल, क्याम्पस, होटेल, पार्टी प्यालेस, सामुदायिक भवन तथा सरकारी भवनमा सुरक्षित तथा ब्यबस्थित आइसोलेसन वार्ड बनाउने |
६. गम्भीर बिरामीलाई अस्पताल तथा मेडिकल कलेजमा भर्ना गर्ने | आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड आदिको तुरुन्तै प्रबन्ध गर्ने |
७. एक घर ; एक पिसिआर होइन, प्रत्येक व्यक्तिको पिसिआर परीक्षण गर्ने | संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिंग तुरुन्त गर्ने |
८. संक्रमण नियन्त्रणमा नआएसम्म १ जना व्यक्तिलाई पनि घर बाहिर निस्किन नदिने | प्रकोप फैलिएको समयमा भाइरस सर्ने सम्भावना सामान्य अवस्थामा पनि धेरै हुन्छ |
९. आम नागरिक धैर्य, संयमित तथा आशाबादी भएर बस्ने | यो कडाइ हाम्रै लागि भएको हो भनेर सोंच्ने |
१०. कारणबस घरबाहिर निस्किनु पर्ने परिस्थिति भएमा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, न्युनतम ६ फिटको दुरी हरेक व्यक्तिसंग पालना गर्ने, भीडभाडमा नजाने, घरलाई चाहिने सामान एकैपटक किन्ने |
११. हामी जति बाहिर जान्छौं, त्यति नै संक्रमित हुने जोखिम हुन्छ | तसर्थ जीवनरक्षाको लागि केहि कष्ट सहेर भएपनि घरभित्र बस्ने |
१२. स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सामुदायिक तथा निजि संस्था संबैले उदार भएर राहत, परीक्षण र उपचारमा लाग्ने |
१३. हरेक नागरिकलाई एम्बुलेन्स र अस्पतालको फोन नम्बर दिएर गाह्रो पर्यो भने तुरुन्त अस्पताल पुर्याउने व्यवस्था गर्ने |
१४. जेष्ठ नागरिक र दीर्घबिरामीलाई सकभर घरभित्र पनि आइसोलेसनमा राख्ने अर्थात छुट्टै कोठामा राख्ने |
१५. कोरोना संक्रमणबाट बच्ने उपायका पम्प्लेट, मास्क, साबुन, ह्याण्ड स्यानिटाइजर, थर्मोमिटर, सिटामोल, जीवनजल आदि घरघरमा वितरण गर्ने |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार