free website hit counter

समुद्रमा भेटिएको अनौठो वस्तुले झण्डै ज्यान लिएन

beemaadmin
२०७७ पुष १, बुधबार

एजेन्सी । जहाँ जे भेट्यो त्यही ट्याप्प टिप्नु हुँदैन भनेर हाम्रो संस्कारले त्यसै भनेको होइन । बेलायतको केन्टमा बस्ने आमाछोरीले समुद्र किनार घुम्ने क्रममा अनौठो बस्तु भेटेपछि घरमा लिएर आए । उनीहरुले यसलाई भान्छामा राखेका थिए । भान्छामा त्यो वस्तु विष्फोट भयो । आमाछोरी भने भाग्यले बचे । खासमा उनीहरुले त्याएको त्यो वस्तु दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको नपड्किएको ग्रेनेड थियो ।

३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले समुद्र किनारमा घुम्ने क्रममा यो वस्तु भेटेका थिए । जोडी र इसाबेलालाई सुरुमा यो कुनै प्राचीन जीवको अवशेष हो जस्तो लागेको थियो । उनीहरुले यो कुनै जनावरको हड्डी हुन सक्ने पनि सोचेका थिए तर उनहिरुलाई यो ८० वर्ष पुरानो ग्रेनेड होला भन्ने रत्तिभर पनि अनुमान थिएन । जोडीले डेलीमेलसँगको कुराकानीमा आफूले यो वस्तु के हो भन्ने थाहा होस् भनेर यसको फोटो पुरातत्व विभागको वेबसाइट र सामाजिक संजालमा पनि पोस्ट गरेको बताइन् ।

धेरैको प्रतिक्रिया पनि आएको थियो तर कसैले पनि यो ग्रेनेड हुन सक्ने बताएनन् । जोडीका अनुसार त्यो हड्डीजस्तो थियो र धेरै तौल पनि थिएन । कतैबाट पनि त्यो धातुजस्तो देखिएको थिएन । एक महिलाले यो ह्वेलको बान्ता हुन सक्ने बताउँदै हो कि होइन भन्ने तातो पिनले घोचेपछि थाहा हुने बताएपछि जोडीले त्यसलाई तातो पिनले घोचिन् । तर, यसो गर्नासाथ त्यो वस्तु आगोको गोलामा परिणत भयो । उनले भनिन् ‘मेरी छोरी चिच्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौडिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो विष्फोट भयो ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार