free website hit counter

सरुवा बढुवा ठप्प, लोकसेवाको तयारी गर्न बिदै बस्नुपर्ने

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारदेखि लागू हुने गरी सरुवा, बढुवा, पदस्थापना लगायत समायोजनको काम तत्कालका लागि स्थगित भएको जनाएको छ । उक्त मन्त्रालय सम्हाल्न नयाँ मन्त्रीका रुपमा हृदयेश त्रिपाठी आएलगत्तै यस्तो निर्देशन दिइएको हो । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको उक्त निर्णयसँगै सरुवा, बढुवा र समायोजनका लागि दौडधूपमा रहेका कर्मचारीहरु मारमा परेका छन् । मन्त्रालयले तत्काल कर्मचारीको विवरण अद्यावधि गर्नका लागि सरुवा–बढुवा, समायोजन, संशोधन लगायतका कार्य स्थगित गरिएको बताएको छ । यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले १९ जना सहसचिवको दरबन्दी थप गरेको छ ।

मन्त्रालयको गत हप्ता बसेको बैठकले गृहमन्त्रालयमातहतमा रहने गरी उक्त दरबन्दी थप गरिएको हो । केही पहाडी जिल्लाहरुमा उपसचिव प्रमुख जिल्ला अधिकारी रहँदै आएकोमा गृहको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले ती १९ जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्थाका लागि सहसचिवको दरबन्दी थप गरिएको बताइन्छ । सरकारको यो निर्णयसँगै कायम रहेका सहसचिवमा १९ जना थप भएपछि लोकसेवा आयोगले बढुवा वा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने छ ।

यसैबीच, मन्त्रालयका सचिव यादव कोइरालाले बुधबार प्रकाशित गरेको विज्ञप्तिले लोकसेवाको तयारी गरिरहेका कर्मचारीहरुमा तरंग उत्पन्न गराएको छ । सचिव कोइरालाले बिदा लिएर लोकसेवाको तयारी गर्न, बिदा नलिई लोकसेवाको तयारी गरिरहेका कर्मचारीको विवरण तत्काल सामान्य प्रशासन मन्त्रालयमा पठाउन परिपत्र जारी गरेका छन् । शाखाअधिकृतदेखि सहसचिवसम्म लोकसेवाको तयारीमा थुप्रै संख्यामा कर्मचारी रहेका कारण विभागीय मन्त्रालय र कार्यालयहरुको कार्यसम्पादनमा गम्भीर असर पुग्न गएको गुनासो पुगेपछि सामान्य प्रशासनले यस्तो परिपत्र जारी गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार