free website hit counter

सर्भेयरको तालिम लिन आवेदनको ओइरो

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाडौं । क्षति मूल्याङ्कन गर्ने सर्भेयरमा आकर्षण देखिएको छ । बीमा क्षेत्रमा भविष्य देखेर संघर्षरत युवाहरुका लागि बीमा समितिले सर्भेयरको लाइसेन्सका लागि आह्वान गर्दा ८ सय हाराहारीको आवेदन परिसकेको छ । अन्य पेशामा आवद्ध भएर पनि केही समय यस व्यवसायमा संलग्न हुन पाइने भएका कारण पनि यसमा आकर्षण बढेको हो ।

हाल देशमर ७ सय हारारहीमा सर्भेयर लाइन्सेन्स लिएका मानिस भए पनि फिल्डमा सक्रिय सर्भेयरको संख्या भने दुई सय हाराहारीमात्रै रहेको भन्दै बीमा समितितिले सर्भेयरको लाइन्सेन्स खुलाएको हो । बीमा कम्पनीहरुले सर्भेयरको अभावले गर्दा दाबी भुक्तानी दिन समेत ढिलाई भएको गुनासो आइरहेको छ ।

Advertisement
Advertisement

बीमा समितिले भदौ ८ गतेदेखि १४ गतेसम्मका लागि निवेदन आह्वान गरेको छ । कुनै बीमा कम्पनीमा अधिकृतस्तरको पदमा कम्तिमा दश वर्ष काम गरेको, इन्जीनियरिङ विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले सर्भेयर लाइसेन्सका लागि निवेदन दिन सक्ने छन् ।

Advertisement
Advertisement

योग्यता पुगेका आवेदकले बीमा समितिले सञ्चालन गरेको आधारभुत तालि लिएपछि लाइसेन्स प्राप्त गर्छन् । समितिले ५ हजार शुल्कसहित ६ दिनको आधारभुत तालिम प्रदान गरेपछि सर्भेयरको लाइसेन्स दिने व्यवस्था गरेको छ । समितिले आवेदन दिएका सबैलाई तालिम दिन सक्ने अवस्था नरहेको बताएको छ । एक पटकमा २५ जनाका दरले तालिम दिँदा यतिका मानिसलाई तालिम दिन महिनौं लाग्ने देखिन्छ ।

सम्बन्धित समाचार