free website hit counter

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन खुला

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसअघि कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ।

Advertisement
Advertisement

यस्तै, ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने १७ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

अब बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म थपिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ्स नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

सम्बन्धित समाचार