free website hit counter

सर्वोत्तम सिमेन्टको आम्दानी ७ अर्ब नाघ्यो

beemaadmin
२०८३ बैशाख २३, बुधबार

काठमाडौं — सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले समीक्षा अवधिमा ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४०२.०८ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको बिक्री आम्दानी पनि वृद्धि भएको छ। कम्पनीले बिक्रीमार्फत ७ अर्ब ७९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.८८ प्रतिशतले बढी हो।

Advertisement
Advertisement

त्यसैगरी, अन्य आम्दानीतर्फ पनि सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ४८ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले यस वर्ष भने १८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ।

Advertisement
Advertisement

कम्पनीको खर्च पनि बढेको देखिन्छ। समीक्षा अवधिमा कुल खर्च ८५ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो ६८ करोड २ लाख रुपैयाँ थियो।

५ अर्ब २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ६ अर्ब १६ करोड रुपैयाँ र चालु दायित्व ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कर्जातर्फ, कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४२ करोड रुपैयाँ अल्पकालीन र ६ करोड ४ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

वित्तीय सूचकहरूअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २३.१२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य ३१६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ र तरलता अनुपात १.१० रहेको छ।

सम्बन्धित समाचार