free website hit counter

सस्तो ब्याजदरमा कर्जा दिने बैंक कुन-कुन ?

beemaadmin
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर थप घटेको छ। निक्षेपको ब्याजदर निरन्तर घट्दै जाँदा बैंकहरूको लागत कम भएपछि आधार दर (बेसरेट) ४ प्रतिशतभन्दा तल झरेको हो।

हाल राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको औसत बेसरेट सबैभन्दा कम ३.९६ प्रतिशतमा झरेको छ। पछिल्लो तीन महिनाको औसत बेसरेटका आधारमा बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन्।

Advertisement
Advertisement

राष्ट्रिय वाणिज्य बैंकले ३.९६ प्रतिशत बेसरेटमा न्यूनतम ०.५० देखि अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइरहेको छ। यसअनुसार बैंकको कर्जाको ब्याजदर न्यूनतम ४.४६ देखि अधिकतम ७.४६ प्रतिशतसम्म कायम हुन्छ।

Advertisement
Advertisement

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कात्तिक महिनाका लागि बेसरेटमा न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ। यस बैंकको कर्जाको ब्याजदर ४.९६ देखि ६.९६ प्रतिशतसम्म रहेको छ।

बेसरेट कम भएका बैंकबाट कर्जा लिँदा सामान्यतया ब्याज खर्च कम पर्छ। तर कर्जाको वास्तविक ब्याजदर बैंकले बेसरेटमा थप्ने प्रिमियममा निर्भर हुन्छ। अधिकांश बैंकले बेसरेटमा ०.२५ प्रतिशतदेखि विभिन्न दरमा प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका छन्।

राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्डसँगै एभरेष्ट, नबिल र नेपाल बैंकको बेसरेट पनि साढे ४ प्रतिशतभन्दा कम छ। एभरेष्ट बैंकको बेसरेट ४.१८ प्रतिशत, नबिल बैंकको ४.४१ प्रतिशत र नेपाल बैंकको ४.३८ प्रतिशत रहेको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेसरेट ४.५१ प्रतिशत, कृषि विकास बैंकको ४.५९ प्रतिशत, सानिमा बैंकको ४.६० प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६१ प्रतिशत छ।

माछापुच्छ्रे बैंकको बेसरेट ४.९२ प्रतिशत, सिद्धार्थ बैंकको ४.८८ प्रतिशत, प्राइम बैंकको ४.८४ प्रतिशत, प्रभु बैंकको ४.९३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.८८ प्रतिशत रहेको छ।

एनएमबी बैंकको बेसरेट ४.९५ प्रतिशत, सिटिजन्स बैंकको ४.९१ प्रतिशत र कुमारी बैंकको ४.८३ प्रतिशत छ। नेपाल एसबीआई बैंकको बेसरेट ५.०८ प्रतिशत, हिमालयन बैंकको ५.०४ प्रतिशत र एनआईसी एसिया बैंकको ५.६० प्रतिशत रहेको छ।

यसरी हेर्दा राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेसरेट सबैभन्दा कम छ भने एनआईसी एसिया बैंकको सबैभन्दा बढी छ। बैंकहरूबीच बेसरेटमा देखिएको अन्तरले कर्जाको ब्याजदरमा पनि फरक पार्ने भएकाले ऋण लिनुअघि ग्राहकले सम्बन्धित बैंकको प्रिमियम र अन्य सर्तसमेत तुलना गर्नु उपयुक्त हुन्छ।

सम्बन्धित समाचार