free website hit counter

सहसचिवहरुको काज सरुवा, सञ्चार मन्त्रालय सचिव विहीन

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही सहसचिवको सरुवा गरेको छ । शुक्रबार दिउँसो निर्णय गरी सहसचिवहरुको काज सरुवासम्बन्धी पत्र सम्बन्धित मन्त्रालय वा निकायमा पठाइसकिएको मन्त्रालय स्रोतले बताएको छ । स्रोतकाअनुसार, सरुवा हुनेमा मधेशी आयोगका सचिव एवं सहसचिव पुष्प शाहीलाई युवा तथा खेलकुद मन्त्रालयमा काज सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत एवं सहसचिव नेत्र सुवेदी (प्रयास) लाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको बताइएको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं. २ का सचिव एवं सहसचिव सुशील ढकाललाई दलित आयोगमा काज सरुवा गरिएको छ । सहसचिव सुवेदी नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा बाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेको बताइन्छ । कात्तिक १४ गते बाणिज्य विभागका महानिर्देशक योगेन्द्रकुमार गौचनले अनिवार्य अवकाश पाएपछि उक्त विभाग महानिर्देशक बिहीन अवस्थामा छ । सुवेदीलाई सोही स्थानमा लैजानका लागि बाणिज्य तथा आपूर्ति मन्त्रालय काज सरुवा गरेको बताइन्छ । ढकाल केही समयअघि मात्रै प्रदेश नं. २ मा सरुवा भएका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेका उनी केही समयपछि सचिव हुने लाइनमा छन् ।

सञ्चार मन्त्रालय सचिव विहीन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अहिले सचिव विहीन अवस्थामा पुगेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कात्तिक २० गते सेवा अवधिका कारण अवकाश पाएपछि मन्त्रालय सचिविहीन भएको हो । मन्त्रालय सचिवविहीन भएपछि सहसचिव विरेन्द्रकुमार मिश्राले अहिले निमित्त सचिवको रुपमा कार्यभार सम्हालेका छन् । मिश्र पनि कात्तिक २३ गते शनिबार करिब १० दिने विदेश भ्रमणमा जाने भएपछि निमित्तका भरमा सञ्चालन भइरहेको मन्त्रालय झन् निमित्त सञ्चालन हुने भएको छ । मन्त्रालयको रिक्त सचिव पदमा जानका लागि केही सचिवहरुको दौडधूप चलिरहेको बताइन्छ । उक्त स्थानमा जान प्रदेशमा रहेका प्रमुख सचिवहरुले पनि आशा गरिरहेका छन् । त्यसमा पनि लामो समय प्रदेश नं. २ मा प्रमुख सचिव पदमा कार्यरत दीपक सुवेदी, प्रदेश नं. १ का सुरेश अधिकारीले विशेष रुचि राखेको बतान्छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि यस सम्बन्धमा ठोस निर्णय नलिएको र आगामी मन्त्रिपरिषद्बाट सञ्चार सचिव बनाउने तयारी भइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार