free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

beemaadmin
२०८२ पुष ८, मंगलवार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८२ साल पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ०५ लाख ५३ हजार ६२६ बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात रू. १७ करोड ७८ लाख १२ हजार ७८५ बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ । साधारण सभाले आव ०८१–८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार