free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रक्तदान

beemaadmin
२०७६ कार्तिक १९, मंगलवार

धादिङ । देशमा रगतको कमी भएका समाचारहरु बाहिर आइरहेको बेला सांग्रिला डेभलपमेन्ट बैकले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै आफ्नो १५ औं वार्षिकउत्सवको अवसरमा धादिङस्थित गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय गल्छीले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधीक सहयोगमा बृहत रक्तदान जीवनदान कार्यक्रम यही कार्तिक १७ गते बिहान १० बजे देखि दिउँसो ४ः३० सम्म सच्चालन गरिएको थियो ।
कार्यक्रममा गल्छी गाउँ पालिकाका ध्यक्ष कृष्णहरि श्रेष्ठले गल्छी चोकमा धेरै बैंकको शाखा आएका तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रमहरु दिएर स्थानिय जनताहरुको मन मनमा बस्न सफल भएको बताए ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख गौरब काफलेले देशमा हाल रगतको चरम अभाव भएकाले आफनो शरिरबाट खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिने भएकाले यस्तो पवित्र काम सवैले गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार