free website hit counter

सांग्रिला रेमिट संचालनमा

beemaadmin
२०७८ मंसिर २१, मंगलवार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउने बैंकले जनाएको छ । ​सांग्रिला डेभलपमेन्ट बैंक स्थापना भएको १६ वर्ष पुगेको छ । देशभर बैंकका १०४ शाखा र ३१ एटीएम सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार